• जेष्ठ २ २०८३, शनिबार

तरकारीको बोरामा लुकाए ल्याएको ९४७ बोतल लागू औषध सहित ३ जना पक्राउ

श्रावण १८ २०७९, बुधबार

१८ साउन, काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २–०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।

उनीहरुलाई  काठमाडौं को जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिए ।