• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिले प्रमाणिकरण गरिन् मदन भण्डारीको नाममा खुलेको विद्यालय सम्बन्धि विधेयक

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक विधेयक प्रमाणीकरण गरेकी छन् ।

उनले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संसदका दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।