काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुस सहित उपसचिवलाई रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको बताएका छन् । रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा गाडीमा हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।