• बैशाख २६ २०८३, शनिबार

नागरिकता विधेयक खारेजीको मागसहित राष्ट्रपतिलाई ज्ञापनपत्र

श्रावण १७ २०७९, मंगलवार

काठमाडौं । देशभक्त जनगणतान्त्रीक मोर्चाले नागरिकता विधेयकको विरोध गर्दै खारेजीको मागसहित राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सीपी गजुरेल नेतृत्वको टोलीले मंगलबार शितल निवास पुगेर राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको हो।

मोर्चाले नागरिकता बिधेयकमा सर्वपक्षीय सहमति आवश्यक रहकोमा जोड दिदै व्यापक छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै ज्ञापनपत्र बुझाइएको बताइएको छ ।