काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को काभ्रे जिल्लाको दोश्रो जिल्ला बैठक बनेपामा सम्पन्न भएको छ ।
काभ्रे जिल्ला संयोजक कृष्णको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वीबागमती ब्यूरो इञ्चार्ज अटल र काभ्रे जिल्ला इन्चार्ज प्रतापले राजनीतिक तथा वैचारिक विषयमा प्रशिक्षण दिएका थिए ।
अटलले समाजवादी क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्न आम जनताको साथ लिँदै अगाडि बढ्नु पर्ने बताए ।
उनले आफ्नो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा चर्को रूपमा मिटर ब्याजि असुल गरेर जनताको ढाड सेक्ने विरुद्ध काभ्रे जिल्ला पाटि यक जुट भयर जनदबाब, जनसङ्घर्ष गर्ने भएको छ्।
कमरेडहरुले आफ्नो आफ्नो ठाउँ बाट रिपोर्टिङ राख्नु को साथै अघिल्लो बैठक समिक्षा पनि गरियको थियो यस्को जवाफ् कमरेड प्रतापले दिनु भएको थियो।
संयोजकले बैठक सम्पन्न गर्दै ब्युरो इन्चार्ज अटल लाइ काभ्रे जिल्ला पार्टीले भब्य रूपमा स्वागत गरेको थियो।