• जेष्ठ २ २०८३, शनिबार

नेपाल प्रहरीका १० जनालाई दर्ज्यानी चिन्ह प्रदान

श्रावण १७ २०७९, मंगलवार

काठमाडौं, श्रावण १७ ।
नेपाल प्रहरीका विभिन्न तहका कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको निर्णयले प्राविधिक तथा जनपदतर्फका विभिन्न पदमा पदोन्नति भएका १० जना प्रहरी कर्मचारीहरूलाई प्रहरी नायव महानिरीक्षक किरण राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा मंगलबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ हवल्दारबाट सोही समूहको प्रहरी सहायक निरीक्षक २ जना, प्राविधिकतर्फका प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा ३ जना र जनपद तर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा ५ जना रहेका छन् ।

पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिँदै नायव महानिरीक्षक राणाले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदीय दायित्व निर्वाह गर्न निर्देशन दिए ।

सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।