काठमाडौं । सिनामंगलमा १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ।
बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पीडितले जाहेरी दिएपछि ट्युसन पढाउने शिक्षकलाई पक्राउ गरेर प्रहरी गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ पर्ने व्यक्ति ललितपुस्थित जावलाखोलमा रहेको एक कलेजका शिक्षक रहेको प्रहरीले जनाए पनि नाम भने सार्वजनिक गरेको छैन। ती शिक्षकले छात्रालाई ट्युसन पढाउने गरेको र सो क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ।