• जेष्ठ २ २०८३, शनिबार

काभ्रेस्थली हत्याकाण्ड: मृतक चारैजनाको शव उठाइयो

श्रावण १६ २०७९, सोमबार

काठमाडौं  । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाउन स्थानीयवासीले अवरोध सिर्जना गरेका थिए ।

सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएका थिएनन् । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा।गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।