काठमाडौं । नेकपा (एमाले)ले पछिल्लो समयमा भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ ।
सोमबार दिउँसो एमालेका विभिन्न भातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका छन् ।
बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका छन् । उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका छन् । वर्षा भइरहेकाले प्रदर्शनकारीहरू छाता ओढेर प्रदर्शनमा सहभागी भएका छन् ।