काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकामा ४ जना मृतवस्थामा फेला परेका छन् ।
सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतवस्थामा फेला परेका हुन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।
मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।