काठमाडौं । रुपन्देहीबाट प्रहरीले स्रोत नखुलेका रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेश महाराजगन्ज जुगौली बस्ने ४६ वर्षका आशि साहुलाई १२ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनले लु ६ प ७१२९ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेका १ हजार, ५ सयका नोट गरी बाह्र लाख ५ हजार लिएर आउँदै गर्दा बेलाहियाबाट पक्राउ गरिएको हो ।