काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शमा अर्थमन्त्रीमा पुनः नियुक्त भएसंगै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि शर्माले राजीनामा दिएका थिए । संसदीय समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्रीमा सिफारिस गरेका हुन् ।