• बैशाख २६ २०८३, शनिबार

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मालाई नियुक्तिको तयारी

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्ति हुने भएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए ।

राजीनामा लगतै बनेको संसदीय विशेष समितिले छानबिनका क्रममा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

शर्मालाई सफाई दिने विषयको प्रतिवेदनको विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने नोट अफ डिसेन्ट लेखेको थियो । समितिको बहुमत सदस्यले शर्मामाथि लगाएको आरोप निराधार रहेको र प्रमाण नभेटिएको निष्कर्ष निकालेको थियो । सिसिटिभी फुटेज पनि स्पष्ट नदेखिएकाले शर्माले उन्मुक्ति पाएका हुन् । आजै साँझ शर्मालाई अर्थमन्त्रीमा सपथ ग्रहण गराउने तयारी रहेको मा‌ओवादी स्रोतले जनाएको छ ।