• बैशाख २६ २०८३, शनिबार

युवाहरुलाई ओलीको निर्देशन–‘काममा प्रतिस्पर्धा गरौं,पदमा होइन’

श्रावण १४ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुमा पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् ।

 

शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवालाई पदमा भन्दा पनि काममा प्रतिस्पर्धा गर्न निर्देशन दिए ।

 

अध्यक्ष ओलीले युवाहरुमा वैचारिक स्पष्टता र दह्रोपन चाहिने भन्दै भने, ‘काममा प्रतिस्पर्धा गरौं, पदमा होइन, पद प्राप्तिमा होइन, जिम्मेवारी लिने, सफल हुने कुरामा प्रतिस्पर्धा गरौं ।’

 

ओलीले युवाहरुमा पद चाहिएर पार्टीको माथिल्लो कमिटी ठूलो बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने बताउदै भने–‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने’ उनले भने, ‘युवाहरुलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन ।’