काठमाडौं । नेपाल समाजवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।
‘समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ,’ आयोग स्रोतले भन्यो, ‘पार्टी झन्डा र छाप पनि फेरिएको छ।’ चुनाव चिन्ह भने पहिले नयाँ शक्तिको चुनाव चिन्ह अर्थात खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ ।
निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् ।