• मंसिर ६ २०८१, बिहीबार

जहाँ बाबुराम त्यहाँ फुट, जसपा पनि फुटाएर नयाँ पार्टी खोल्दै बाबुराम

असार ३१ २०७९, शुक्रबार

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् ।’

काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उनले बताए । ‘केन्द्रीय सदस्यहरूसँगको गम्भीर छलफलपछि आफूहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने ।

नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डा, घोषणापत्रबारे शुक्रबारदेखि गम्भीर छलफल सुरु हुने उनको भनाइ छ । यो समाचार नागरिक दैनिकमा छ ।