कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । श्रीलङ्कामा हाल चलिरहेको १३९ दिनको विरोधपछि राजापाक्षेले राजीनामा दिएका छन् । उनको राजीनामाको घोषणा आज संसदमा हुने र त्यससँगै अन्तरिम राष्ट्रपतिको नाम पनि घोषणा गरिने छ ।
यसैबीच अहिले उनी परिवारसहित देशबाट पलायन भएका छन् । राष्ट्रपति भएकाले राजापाक्षेलाई गिरफ्तारीबाट छुट छ । हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद छाड्नुअघि नै विदेश गएको अनुमान गरिएको छ ।
राजापाक्षेले १२ जुलाईमा आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए । उक्त पत्र आज संसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । उनले राजीनामा दिएर ुशान्तिपूर्ण सत्ता हस्तान्तरणु को बाटो खुला गर्ने वाचा गरेका थिए । तर त्यसअघि नै उनी देशबाट भागेका छन् ।
एन्टोनोभ ३२ सैन्य विमानमा उनी, उनकी श्रीमती र एक अंगरक्षक सहित श्रीलंकाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थिए । माले विमानस्थलका एक अधिकारीले मालदिभ्स आइपुगेपछि उनीहरुलाई प्रहरी सुरक्षामा अज्ञात स्थानमा लगिएको बताए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।