काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो ।
डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ । भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ ।
बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो । आईजीपीका हुन वरिष्ठता नचाहिने र शक्ति केन्द्रको विश्वास जित्न सके पुग्ने भएपछि सबै प्रतिस्पर्धी हुने नै भए,ु स्रोतले भन्यो, त्यही भएर आजैदेखि शक्तिकेन्द्रको विश्वास जित्ने र सहज ठाउँमा बस्ने वातावरण बनाउन फुली नलगाउँदै दौडधुप चलेको थियो ।