• मंसिर ६ २०८१, बिहीबार

पहुँच हुनेका लागि उपयुक्त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ५ टुक्रा पारियो किन ?

असार २२ २०७९, बुधबार

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ५ टुक्रा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ ।

सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूवार्धार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ । सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ ।

सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो । चालु आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम गर्ने गरी बजेट व्यवस्था गरिएको र सरकारले सो कार्यक्रमलाई ५ टुक्रा पारेको बताए ।

कार्यक्रमअन्तर्गत स्मार्ट बोर्ड व्यवस्थापन गर्न २० लाख रुपियाँ उल्लेख छ । स्मार्टबोर्ड नपुगेका विद्यालयलाई हाइटेक बनाउन स्मार्टबोर्ड राख्न लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्राविधिक धारको शिक्षाको पहुँच नपुगेका स्थानीय तहका लागि प्राविधिक धारको विद्यालय विस्तार गर्न ८ करोड ७५ लाख रुपियाँ छुट्ट्याइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक धारको विद्यालय स्वीकृत दिने व्यवस्था छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।