• मंसिर १९ २०८१, बुधबार

जसपामा हजुरीको पराकाष्ठा : पतिलाई फकाउन पत्नीलाई मन्त्रीमा सिफारिस गर्ने तयारी

असार १८ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् ।

यद्यपि श्रेष्ठ सांसद होइनन् । जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो । तर उनले समानुपातिक सांसद हुने मौका पाइनन् ।

जसपा स्रोतका अनुसार विशेष परिस्थिति भन्दै यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यादवनिकट एक नेताले भने, पार्टीभित्र उत्पन्न विशेष परिस्थितिमा उहाँ (यादव)ले सुशील श्रेष्ठज्यूलाई मन्त्रीमा सिफारिस गर्न खोज्नुभएको हो । यो बाध्यता प्रधानमन्त्रीले पनि बुझ्नुपर्छ । प्रधानमन्त्रीलाई कार्यकारिणी अध्यक्षज्यूले कन्भिन्स गर्नुपर्छ ।

पार्टीमा आफ्नो पक्षको प्रस्ट बहुमत देखाउन यादवले राईलाई फकाउन लागेका हुन्। राईले डा। बाबुराम भट्टराईलाई साथ नदिने हो भने भट्टराई पक्षसँग संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्दैन । यादवनिकट अर्का एक नेताले भने, राई हाम्रो पक्षमा खुल्नुभयो भने उहाँहरूसँग ४० प्रतिशत परै जाओस् । २० प्रतिशत पनि पुग्दैन । यो समाचार नागरिक दैनिकमा छ ।