गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमती भएको छ। सहमतिअनुसार पालुङटारको मेयरमा एमालेले जसपालाई सहयोग गर्ने र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने निर्णय भएको हो।
नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।
पालुङटार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो।
