• बैशाख २२ २०८३, मंगलवार

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ घाइते

फाल्गुन ९ २०७८, सोमबार

धनगढी । बैतडीमा टिपर दुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर जिल्लाको पाटन नगरपालिका–३ बोहोरीगाउँको कच्ची सडक खण्डमा दुर्घटना हुँदा टिपरधनी ४५ वर्षका जनकराज पन्त, सिगास विद्यालयका विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन ।

दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।