• बैशाख २२ २०८३, मंगलवार

भालुको पित्त र यार्सासहित एक जना पक्राउ

फाल्गुन ७ २०७८, शनिबार

कैलाली । भालुको पित्त र यार्सासहित एक जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरीको संयुक्त टोलीले जुम्लास्थित कनिका सुन्दरी गाउँपालिका–३ का ५७ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो।

पक्राउ गरिएका धामीबाट १५० ग्राम तौल भएको भालुको पित्त र ५२५ ग्राम यार्सागुम्बा फेला बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनदेवी मन्दिर छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले सुरुमा २५ ग्राम यार्सा र भालुको पित्तसहित पक्राउ गरेको थियो। अनुसन्धान गर्दै जाँदा उनको डेराबाट थप ५०० ग्राम यार्सा फेला परेको जनाइएको छ।