• बैशाख २२ २०८३, मंगलवार

कलंकी ढुंगेअड्डामा रखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। काठमाडौँको ढुंगेअड्डामा राखेको शंकास्पद वस्तु नक्कली बम रहेको प्रहरीले जनाएको छ। गएराती २ बजे अज्ञात समूहले प्रेसर कुकरसहित शंकास्पद वस्तु राखेका थिए।

राती नै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो। उक्त शंस्कास्पद वस्तु शुक्रबार बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। डिस्पोजका क्रममा होक्स रहेको पाइएको नेपाली सेनाले जनाएको छ।

यसबारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।