काठमाडौं । सरकारले तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तीन अतिरिक्त प्रहरी महानिरिक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको हो।
तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, ईश्वरबाबु कार्की,बसन्त पन्त, घनश्याम अर्याल र गणेशबहादुर ऐर दौडमा छन् ।