काडमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि देउवा ओलीलाई भेट्न पुगेका हुन् ।
बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठक सहमतिबिना नै टुङ्गिएको छ । एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने पक्षमा उभिएका थिए।
बैठक भोलि बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।