• बैशाख २१ २०८३, सोमबार

तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ : नेता पौडेल

फाल्गुन ५ २०७८, बिहीबार

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने – ‘समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’, उनले भने ।

नेता पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउदै कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए ।

‘कांग्रेसे एक्लै लड्छौँ भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन’, उनले भने, ‘एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।’

कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।