काठमाडौं । सरकारले दुई अर्ब रुपैयाँ अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आज (बिहीबार)को मन्त्रिपरिषद् बैठकले प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
ती मन्त्रीका अनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो।