सुनसरी । धरानमा एक व्यक्तिको शव टुक्राटुक्रा गरेर फालिएको अवस्थामा फेला परेको छ। सुनसरीको धरान उपमहानगरपालिका-४को जङ्गलमा हत्या गरेर फालिएको अवस्थामा मानिसको टाउको र खुट्टा भेटिएको हो ।
दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पच्चात तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरी निसाने जङ्गलमा हत्या गरी फालिएको मानिसको टाउको र दाहिने खुट्टा बरामत गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको मुचुल्का तयार गरी टाउको र खुट्टा शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको बताइएको छ ।
प्रहरीले घरबाट कोहि हराइरहेको भए तत्काल इलाका प्रहरी कार्यालय धरानमा परिवारका सदस्यलाई सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । इलाका प्रहरीकार्यालय धरानले घटनाको अनुसन्धान सुरु गरेको छ ।