काठमाडौं । संसद बैठक बस्नै लाग्दा अमेरिकी एमसीसीको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच काठमाडौंमामा घम्साघम्सी भएको छ ।
प्रदर्शनकारीहरू नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो ।
प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् ।
प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादी लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।