• बैशाख २१ २०८३, सोमबार

विप्लव नेतृत्वको नेकपाले भाेलि गर्ने बन्दकाे पुर्वसन्ध्यामा पाल्पामा मशाल जुलुस प्रदर्शन

फाल्गुन ३ २०७८, मंगलवार

पाल्पा । आज राष्ट्रघाती एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाले मसाल जुलुस प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसदबाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा पाल्पाले उक्त मसाल जुलुस प्रदर्शन गरेको हो । पाल्पाको ३ स्थानमा मसाल जुलुस गरेको नेकपाले जनाएको छ ।

राष्ट्रघाती एमसीसी खारेज गर्नु पर्ने माग गर्दै नेकपाले भाेलि ४ गते सशक्त बन्दकाे पुर्वसन्ध्यामा देशभर आज मसाल जुलुस निकालेको हो ।