काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा
व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर सहरी पूर्वाधार विकास ऐन ल्याउने बताएकी छिन् ।
नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताए ।
मन्त्रालयमा रु पाँच लाखदेखि रु एक अर्बसम्मको योजनालाई बजेटको माग भइरहेको उल्लेख गर्दै उनले करिब चार महिनाको अवधिमा विभिन्न नगर विकासका लागि रु १६ अर्बको योजना दर्ता भएको जानकारी दिए ।
प्राकृतिक स्रोत बाँडफाँड तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोक व्यञ्जु लगायतले स्थानीय तहको विकासमा उपभोक्ता समिति र कोषबीच समन्वयको खाँचो औँल्याइन् ।