• बैशाख २२ २०८३, मंगलवार

प्रधानसेनापति शर्मा र यूएईका राजदूत सईदबीच भेटवार्ता

फाल्गुन २ २०७८, सोमबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।

राजदूत सईद प्रधानसेनापति शर्मासँग भेट गर्न  सैनिक मुख्यालय जङ्गीअड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।