• बैशाख २२ २०८३, मंगलवार

६८ किलो गाँजासहित ३ जना पक्राउ

फाल्गुन २ २०७८, सोमबार

सिन्धुली । प्रहरीले ६८ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–४ खहरेखोलाबाट ६८.४८२ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन्।उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार
“बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीनरतीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२.२३२ केजी औषध गाँजा बरामद भएको छ” ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।