• बैशाख २१ २०८३, सोमबार

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण कदम भएको एमालेको ठहर

फाल्गुन १ २०७८, आईतवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।

आज साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार भएको बताए ।

सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताए।महासचिव पोखरेलले भने, “एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ।”

महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने बैठकले निर्णय गरेको जानकारी दिँदै उनले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने बताए।