• बैशाख २२ २०८३, मंगलवार

बार एशोसिएसनले सर्वोच्च अदालतको परिसरमा प्रदर्शन नगर्ने

फाल्गुन १ २०७८, आईतवार

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्ने भएको छ ।  बारले आफुहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई बार एशोसिएसनकै प्राङ्गणमा सिमित राख्ने बताएको छ ।

बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा विकृति, विसंगति फैलाएकाले आफूहरुले बाध्य भएर सर्वोच्च अदालतमै नारावाजी र प्रदर्शन गर्नुपरेको बताइन् । ‘अब हामी सर्वोच्च अदालतमा नाराबाजी र प्रदर्शन गर्दैनौं’ बस्यालले भनिन्, ‘महाअभियोगलाई पारित गराउन दबाव दिनका लागि बार परिसरमै कार्यक्रम हुन्छ, बारको मागलाई अब वैचारिक रुपमा समेत अघि बढाउछौं ।’

अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने बताउदै एशोसिएसनका महासचिव लिलामणि पौड्यालले अब नेपाल बार एशोसिएसनका एजेण्डाहरुलाई वैचारिक रुपमा अघि बढाउने बताए । बारले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नतामाथि प्रश्न उठाएको छ भने न्यायपरिषदको पुनर्संरचनाको माग गरेको छ ।