काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्ध प्रदर्शन गरेका छन् ।एमसिसी राष्ट्रियहित विपरित रहेको भन्दै उनीहरुले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोधमा उत्रेका प्रदर्शनकारीले एमसिसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर, ब्याक एमसिसी,एमसिसी चाहिदैन, देश बेच्न पाइदैनलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा पार्टीसँग आबद्ध भातृ सङ्गठनका नेताहरूले संसदबाट एमसिसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) ले एमसिसी यथास्थितिमा स्वीकार्य नहुने बताउँदै आएको छ ।