• बैशाख २२ २०८३, मंगलवार

भोलिदेखि बिनायात्रु जनकपुर–जयनगर रेल चल्ने

माघ २९ २०७८, शनिबार

जनकपुरधाम ।  भोलिदेखि बिनायात्रु जनकपुर–जयनगर रेल चल्ने भएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार उद्घाटन नहुन्जेलसम्म खाली रेल सञ्चालन हुनेछ ।

उनले फागुन १० गतेभित्र उद्घाटनको तयारी गरेको पनि जनाए । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे ।