विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना विरुद्धको खोप नहराएको र तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोप्रोगाण्डा मात्रै भएको बताएका छन् ।
विराटनगरमा शनिबार सञ्चारकर्मीसँग मन्त्री खतिवडाले भने-‘कुन देशबाट कुन–कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेष्ट गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मचाइरहेको छ ।’