दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दमक गौरादह नगरपालिकालाई देशकै नमूना नगर बनाउने घोषणा गरेका छन् ।
अध्यक्ष लिङ्देनले झापाको गौरादहमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै गौरादह नगर भित्रका युवाहरुलाइ उक्त कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले भने ` तपाईहरुले गौरादह नगरपालिकामा रा.प्र.पा.को जनप्रतिनिधिलाई जिताउनुस् हामी गौरादह नगरपालिकालाई देश कै नमूना नगरपालिका बनाएर देखाउछौं ।´
युवक संगठनको झापा क्षेत्र नम्बर ५ ले आयोजना गरेको उक्त पार्टी प्रवेश गर्ने कार्यक्रममा कांग्रेस , एमाले,माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका थिए ।