काठमाडौं । भारतले बैतडी र दार्चुलासित जोडिएका सीमानाका चार दिन बन्द गर्ने भएको छ ।
उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।
बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ भने निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको बताइएको हो ।