दार्चुला । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति प्रभुराम शर्माले तिंकर सडकको निरीक्षण गरेका छन् ।
प्रधानसेनापति शर्माले आज नेपाली सेनाले निर्माण गरिरहेको सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।
प्रधानसेनापति शर्माले तिंकर सडक अन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।
सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ । वि.सं २०६५/६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो ।