• बैशाख २१ २०८३, सोमबार

स्थानीय तह निर्वाचन: विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन

माघ २६ २०७८, बुधबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ ।

आयोगले वैशाख ३० का लागि तोकिएको निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।

कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी  ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ  । कार्यदलमा नेपाल सरकारका आईटी विज्ञहरू रहेका छन् ।

बुधबार निर्वाचन आयोगमा विज्ञहरुसंग भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।