काठमाडौं । प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सङ्घीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन ।
भोलि (बुधबार) बस्न लागेको बैठकमा एमसीसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ ।