• बैशाख २१ २०८३, सोमबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने

माघ २५ २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ ।

बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा एमसीसीको विषयमा समेत छलफल हुने एजेन्डा रहेको उनले जानकारी दिए ।

बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।