• बैशाख २१ २०८३, सोमबार

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

माघ २५ २०७८, मंगलवार

काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच भेटवार्ता भइरहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको उनको भनाइ छ । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।