• बैशाख २१ २०८३, सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

माघ २५ २०७८, मंगलवार

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।

संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन्।

बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई अघि बढाउन सरकारसँग माग गरे।