• बैशाख २१ २०८३, सोमबार

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

माघ २५ २०७८, मंगलवार

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।

१०२ वर्षीय जोशी छाती दुखेपछि मंगलबार दिउँसो ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा पुगेका हुन् ।

अस्पताल स्रोतका अनुसार जोशीलाई क्याबिनमा राखेर उपचार भइरहेको छ । अक्सिजनको लेभल केही घटेपछि जोशीको कोभिड-१९ को पीसीआर गर्न स्वाब पठाइएको छ ।

स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।