• बैशाख १३ २०८३, आईतवार

जापानी प्रधानमन्त्रीले गरे श्रमिकको ज्याला वृद्धि गर्न आह्वान

पुष ८ २०७८, बिहीबार

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन्।

मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु भएको भन्दै किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन्।

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन् ।