• बैशाख १३ २०८३, आईतवार

एकैदिन तोलामा १५ सयले बढ्यो सुनको मूल्य

कार्तिक २२ २०७८, सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीतोलामा २५ रुपैयाँले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।